काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह फराकिलो मतान्तरसहित विजयी भएका छन्।
शनिबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार शाहले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।
अन्तिम मतगणनाअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्। यससँगै शाहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ९ हजार २३३ मतसहित तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१ मत, नेकपाका रञ्जित तामाङले १ हजार ४६१ मत र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५३६ मत प्राप्त गरेका छन्।
