काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी छिन् ।
उनी नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा इतिहास रच्न सफल भएकी छन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले आधा कार्यकाल मात्र बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छिन् ।
नवगठित सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकबाटै जननिर्वाचित संसद् भंग गर्ने निर्णय लिएको यो कदम मुलुकको राजनीतिक इतिहासमै दुर्लभ घटना मानिएको छ ।