काठमाडौं। नेपाली फिल्म ‘ऊनको स्वीटर’ लाई क्यानडामा प्रदर्शन हुने भएको छ । ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र ‘आई र यू इन्टरटेनमेन्ट’ले फिल्मलाई नेपालकै समयमा क्यानडाको विभिन्न सहरमा प्रदर्शन गर्ने सम्झौता गरेको छ ।
आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।नवीन चौहान निर्देशित फिल्म आर्टमाण्डू प्रा.लिले निर्माण गरेको हो । निर्देशक चौहानकै लेखन रहेको फिल्म नेपालको विभिन्न रमणीय स्थल र भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको छ । चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् ।सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेका छन् ।
लण्डन ओन्टारीयोमा दर्शकको उपस्थिति उल्लेखनीय रहनेछ भनी आशावादी भएको विरोध चालिसेले जनाएका छन्। क्यानडाका वितरक मध्येका एक जीआर भण्डारीले फिल्मलाई लिएर दर्शक माँझ उत्साह रहेको जानकारी दिए । उनले भने,‘गीतसङ्गीतको कारण उक्त फिल्मको माग थियो । हामीले प्रदर्शन गर्ने खबरले यहाँ रहेका नेपाली उत्साहित छन् । नेपाली कला र संस्कृतिसँग जोडिएको कार्यक्रमसँगै विस्तारै क्यानडा फिल्मका लागि पनि राम्रो बजार बनिरहेको छ ।