बिर्तामोड ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी अनारमनी टोलबिकास संस्थाले जित्यो।

२०८१, ९ आश्विन बुधबार ०८:३४

झापा, बिर्तामोड नगरपालिका वडा नं. ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगितामा अनारमनी टोल विकास संस्थाले उपाधि जितेको छ। असोज ३ गते सुरु भएको प्रतियोगिताको फाइनल खेलमा अनारमनीले दरबार टोल विकास संस्थालाई ५/२ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो।

डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलको औपचारिक कार्यक्रममा कोशी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एकराज कार्कीले रंगशालाको संरक्षणका लागि स्थानिय तहले पहल गर्नुपर्ने बताएका छन्। कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र खेलप्रेमीहरू उपस्थित थिए। वडा खेलकुद विकास समितिका उपाध्यक्ष बाप्पा शाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिती र अथितिहरुले बिजयी टिम र खेलाडिहरुलाइ पुरस्कृत गर्नुभएको थियो ।

प्रतियोगितामा ३२ टोलबाट ८ टिमले सहभागिता जनाएका थिए। प्रथम टिमले नगद १५ हजार र ट्रफी, द्वितीय टिमले नगद १० हजार र ट्रफी प्राप्त गर्‍यो। वडा अध्यक्ष टोल स्तरीय  खेलमा उत्कृष्ट खेलाडी आशिष चापागाईं, उत्कृष्ट प्रशिक्षक बिक्की चौधरी, उत्कृष्ट मिडफिल्डर सन्तोष राई, उत्कृष्ट डिफेन्डर विशाल धिमाल, उत्कृष्ट गोलकिपर विजय राजवंशी, उदयमान खेलाडी सरगम शंकर र उत्कृष्ट स्ट्राइकर अरुण हस्दा घोषित भए।

Comments

ताजा खबर