रवि लामिछाने: पक्राउ गर्ने कुनै आधार नभएकोले अदालतले पक्राउ पुर्जी नदिएको

२०८१, ८ आश्विन मंगलवार २०:१८

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने कुनै आधार नहुँदा अदालतले पक्राउ पुर्जी नदिएको बताएका छन्।

मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर कुनै मुद्दामा उनलाई पक्राउ गर्ने प्रमाण नभएको कारणले अदालतले यस्तो आदेश नदिएको बताएका छन्।

उनले भने, “मलाई थाहा अनुसार, अदालतले कुनै आधार नपाइदा मात्रै पक्राउ पुर्जी नदिएको हो, तर म यसलाई पुष्टि गर्न सक्दिनँ।”

लामिछानेले बयान दिन जहाँ पनि आउन तयार रहेको बताए। उनले थपे, “कानूनी राज्यमा म जहाँ सघाउन पर्छ, जहाँ बयान दिन आउनुपर्छ, म त्यहाँ जान तयार छु। म त अस्ति पनि झोला लिएर आएको थिएँ, म किन डराउँछु र म प्रक्रियामा कहिल्यै डराउँदिन। हरेक प्रकरणमा कानूनी न्यायको बाटोमा गएर बाहिर निस्केको छु। मैले हल्लालाई हल्लाको रूपमा छोडेर आएको होइन।”

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु