“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

२०८१, ५ आश्विन शनिबार १९:५०

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई दिनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले मेयर बालेन्द्र शाह र एमालेबीच भइरहेको विवादलाई निको नलागेको टिप्पणी गरे। तामाङले काममा प्रतिष्पर्धा गर्नुपर्ने र शब्दयुद्ध नगर्न सुझाएका छन्।

उनले काठमाडौँको विकास र धरहराको व्यवस्थापनको जिम्मेवारी महानगरलाई सुम्पनुपर्ने बताउँदै, राजधानीमा कुनै विवादले जनतामा नकारात्मक असर पार्न नहुनेमा जोड दिए। साथै, उनले भ्रष्टाचारविरुद्धको कानूनी प्रस्ताव आफूले अघि सारेको र वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गरिरहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे।

तामाङले मुलुकमा विकास निर्माणका काम अघि बढिरहेको दाबी गर्दै धरहरा, नागढुंगा सुरुङमार्ग, हुलाकी राजमार्ग, महेन्द्र राजमार्गको स्तरोन्नति, मदन भण्डारी लोकमार्ग, र हिमाली पर्यटनमार्गका परियोजनाहरूको प्रगतिका विषयमा चर्चा गरे।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु