धार्मिक एवं पर्यटकीय स्थल विराटपोखरमा वीरता जेसिजको बृक्षारोपण

२०८१, २९ जेष्ठ मंगलवार १५:१४
बिर्तामोड, झापाको वीरता जेसिजले ५१ औँ विश्व वातावरण दिवसको अवसरमा धार्मिक एवं पर्यटकीय स्थल ऐतिहासिक नगरी विराटपोखरमा बृक्षारोपण गरेको छ ।
आज बिर्तामोड ३ स्थित विराटपोखरमा सिरिस फुल, अम्बा, अमला, आप, लगायत , विभिन्न जडिबुटी, फलफूल, फूलका बिरुवाहरु रोपिएको छ ।
जेसिजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यत्रममा पूर्वअध्यक्ष सजेश शिवाकोटी, बिर्तामोड वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, विराटपोखर संरक्षक समितिका अध्यक्ष ईन्द्र प्रसाईं लगायत विभिन्न समाजसेवी र बुद्धिजीवी वर्गहरूको उपस्थिति रहेको थियो ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु