महेन्द्ररत्न माध्यमिक विद्यालयका भुतपूर्व विद्यार्थी समाजको आयोजनामा वनभोज कार्यक्रम

२०८०, ३० मंसिर शनिबार २२:२४

बिर्तामोड। बिर्तामोड ३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको भुतपूर्व विद्यार्थी समाजको आयोजनामा आज चारपानेको बेलडाँगीमा वनभोज कार्यक्रम आयोजना गरिएको छ ।

वनभोज कार्यक्रममा ५५ जना विभिन्न ब्याजका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रम विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै बिहान ११ बजेदेखि सुरु गरेर दिउँसोको ४ बजे समाप्त गरिएको थियो। भुतपूर्व विद्यार्थी समाजले सोही विद्यालयका पूर्व विद्यार्थी न्यौपानेलाई बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा प्रस्ताव गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलाई अध्यक्षको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ ।

कार्यक्रममा भुतपूर्व विद्यार्थी समाजका महासचिव मदनगोपाल सुब्बाले न्यौपानेलाई अध्यक्षको रुपमा प्रस्ताव गर्दा सहभागी सबैले समर्थन जनाएका थिए ।

कार्यक्रममा महेन्द्ररत्न माध्यमिक विद्यालयमा अध्ययन गरेका विभिन्न व्याचका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । आगामी फागुन महिनामा बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । त्यस निर्वाचनमा न्यौपानेलाई अध्यक्ष पदको संभावित उम्मेदवारको रुपमा लिइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु