काठमाडौं- नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारलाई ५० लाख उपलब्ध गराउने भएको छ।
नेपाली कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्नसमेत अपील गरेका छ।
यसैगरी, कांग्रेसले यस समयमा सरकार, राजनैतिक दलहरू, संघ-संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न पनि अपिल गरेको छ।
गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्नीच्यूडको भूकम्प जाँदा जाजरकोट र पश्चिम-रुकुममा ठूलो मानवीय क्षति पुर्याएको छ। भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेर फर्किसकेका छन्।राहत तथा उद्धार कार्य जारी छ।
Comments