दुर्गा प्रसाईंका समर्थकद्वारा झापाको बिर्तामोडमा शान्तिपूर्ण प्रदर्शन

२०८०, २३ आश्विन मंगलवार २१:१७

झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कालो मोसो दलेको विरोधमा झापाको बिर्तामोडमा उनका समर्थकहरुले प्रदर्शन गरेका छन्। सोमबार काठमाडौँमा प्रसाईंलाई मोसो दलिएको घटनाको विरोधमा उनका समर्थक सडकमा उत्रिएका हुन्।

प्रसाईंका समर्थकहरुले बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्‍यालीमा नेपाल आमाको रक्षा गर,आतंकवादी अराजकता मुर्दावाद, नेपाल राष्ट्रको रक्षा गर, देशद्रोही भष्ट्राचारी मुर्दावाद, हाम्रो अभियान जारी छलगायत नारा लगाएका थिए।

बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्‍याली बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो। प्रसाईंका समर्थकहरूले दोषीको पहिचान भइसकेकाले अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।सोमबार उनीमाथि मोसो दलिएको थियो भने शरीरको कपडा पनि च्यातिएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु