काठमाडौं- सामाजिक सञ्जाल दुरूपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुर्याउने गतिविधि गरेमा कारबाही गर्ने नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले बुधबार एक सूचना जारी गर्दै यस्तो बताएको हो। सूचनामा राष्ट्रिय सुरक्षा, एकतामा आँच पुग्ने तथ्यहीन विषयबस्तु प्रकाशन तथा प्रशारण गरे कारबाही गरिने उल्लेख गरिएको छ।
त्यस्तै कानुनले रोक लगाएका सामग्री प्रकाशन गरेमा कारबाही गरिने प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताएका छन्। शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन र प्रदर्शन नगर्न पनि प्रहरीले आग्रह गरेको छ।