गायिका सिन्धु मल्ललाई तीजका कार्यक्रमका लागि दिएन अष्ट्रेलियाले भिसा

२०८०, १३ भाद्र बुधबार २१:३९

काठमाडौँ-  तीजका कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी गायिका सिन्धु मल्लले भिसा नपाएको जानकारी गराएकी छन्। उनले सामाजिक सञ्जालमार्फत बुधबार  तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएकी हुन्।

उनले कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुन सक्ने उल्लेख गर्दै  करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलियाले समयमा भिसा नदिएको बताएकी छन्।

‘समयमा भिसा नदिएका कारण अष्ट्रेलियाको पूर्वनिर्धारित मेरा सम्पूर्ण कार्यक्रमहरु रद्द भएका छन् । म अष्ट्रेलियामा तीज विशेष कार्यक्रममा आउन नसकेकोमा सम्पूर्ण आदरणीय दर्शक-श्रोताज्यूहरुसँग क्षमा माग्दछु । कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने  कार्य नगर्नुहोला । यसको असर अन्य सच्चा कलाकारहरुलाइ पर्दो रहेछ । विदेशमै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रक्रिया पूरा गरेर बस्न सक्नुहुन्छ,’ उनले लेखेकी छन्।

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु