बिरिङ खोलाको पुल भासिदा ,शनिश्चरे–खुदुनाबारी सडक अवरुद्ध

२०८०, २८ श्रावण आईतवार २१:५५

झापा। झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको छ ।

आज बिहानैदेखि अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण पुल भासिएको हो। पुल भासिएपछि बिर्तामोड हुँदै शनिश्चरे–खुदुनाबारी र इलामको दक्षिणी पालिका माई जोड्ने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण आज साँझ पुल भासिएको हो। पुल भासिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ।

पुल भासिनुअघि दुवैतर्फ आवागमन ठप्प पारिएको थियो । पुल भासिँदा पूर्वपट्टिको जग नै धरापमा परेको छ भने पुलको माथिल्लो भाग खोलाको सतहमा पुगेको छ ।

बाढीका कारण पुल भासिए पनि दुई वैकल्पिक मार्ग भने रहेका छन् । २०६५ सालमा भारत सरकारको दुई करोड सहयोगमा पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै इलाम आवतजावत गर्ने वैकल्पिक बाटोको रुपमा सहज बनेको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु