बादरलाई थापेको पासोमा मान्छे परेपछी

२०८०, ३ श्रावण बुधबार २२:१८

पाल्पा । मकै जोगाउन बादरलाई थापेको पासोमा परी २ जना घाइते भएका छन । घाइते हुनेहरु तानसेन ७ लामिडाडा बस्ने तिलु थापा र बिजिता आले रहेका छन ।
प्रहरी चौकी प्रभासका अनुसार बादरले सताएपछी मकै जोगाउन गेबिनको नाङ्गो तारमा बिजुलीको करेन्ट छाडिएको थियो । स्थानीय सोम आलेको घरबाट करिब १ सय मिटर तल करेन्ट छोडिएको थियो ।

प्रतीकात्मक तस्बिर गुगल बाट ।

घटना दिउँसो ४ बजेतिर भएको थियो । घाँस काट्न गएका महिलाहरु करेन्टको धरापमा परेका हुन । उनिहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने एकजना खतरामुक्त रहेको प्रहरी चौकी प्रभासले जानकारी दिएको छ ।

Comments

ताजा खबर