एनआरएनए जापान को निर्वाचन समिति चयन ।

२०८०, ३१ असार आईतवार ०५:००

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ अधिवेशन पश्चात हुने कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गरिएको छ।

नव गठित निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्बरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो। उहॅाका अनुसार तीन सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्बर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै  बैठकले निर्वाचन अनुगमनका लागि शिवप्रसाद पौडेल र कृष्ण अधिकारीलाई चयन गरिएको छ।

जुलाई १४ तारिक एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा बसेको अनलाईन बैठकले आगामी २९ तारिक अधिवेशन तथा ३० तारिक अनलाईन प्रणालीबाट निर्वाचन गरिने जनाएको छ। अनलाईन भोटिगंका लागि पहिलो पटक आईसीसीले तोकेबमोजिम भेरोभोटिगं प्रणालीबाट निर्वाचन गरिने छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु