सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई समाप्त पार्ने कोसिस गरिरहेको छः नेकपा उपमहासचिव ज्ञवाली

२०८०, १६ असार शनिबार २२:१९

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको आरोप लगाएका छन्।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवि जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षडयन्त्र गरिरहेको बताएका हुन्।

ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकिर गरे।

उनले वर्तमान सरकार श्रमिकको पक्षमा नभइ पूँजीपति वर्गको पक्षमा रहेकाले गरिब जनताको पक्षमा काम गर्न नसक्नेसमेत बताए।

 

Comments

ताजा खबर