श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि धनगढी उडेको विमान काठमाडौँ फर्कियो

२०८०, १६ असार शनिबार २२:१४

काठमाडौँ – काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानको इन्जिनमा टेक्निकल समस्या देखिएपछि पुनः काठमाडौँ नै फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३:३० बजे धनगढीका लागि उडेका विमानको इन्जिनमा समस्या भएपछि काठमाडौँ अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ। स्रोतका अनुसार हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौँ फिर्ता भएको हो।  विमान सकुशल अवतरण भइसकेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु