धरानमा पनि मेयर हर्कले रोक लगाए ‘आदिपुरुष’

२०८०, ४ असार सोमबार १२:२२

काठमाडौँ ‍- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि उपमहानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ चल्न नदिने भएका छन्।

उनले सोमबार सामाजिक सञ्जालमार्फत् धरानका चलचित्रहलहरूलाई आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन्।

यता,  काठमाडौँ र पोखरा महानगरपालिकाले भने भने कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने जनाएका छन्।

Comments

ताजा खबर