‘आदिपुरुष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म फिल्म चल्न दिन्नौँः बालेन

२०८०, ३२ जेष्ठ बिहीबार २०:५९

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्।

उनले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिदैन, तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ उनले भनेका छन्।

उनले उक्त शब्द सच्याउन तीन दिनको समयसमेत दिएका छन्। उनले भनेका छन्, ‘यो सच्याउन तीन दिनको समय दिइएको छ। माता सीताको जय होस्।’

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु