टेस्लाको प्रतिस्पर्धी बन्ने लक्ष्य लिएको जिकरको पहिलो एसयूभी

२०८०, २६ जेष्ठ शुक्रबार २०:४८

चाइनिज कम्पनी जिकरले पहिलो मास प्रोडक्सन इलेक्ट्रिक भेइकल ‘जिकर एक्स’ सार्वजनिक गरेको छ । पहिलो पटक यसको मोडल सार्वजनिक गरेको जिकरले ५६ दिन पश्चात नै यसको प्रोडक्सन मोडल एसेम्बली लाइनबाट सार्वजनिक गरेको हो ।

प्यारेन्ट कम्पनी जिली रहेको जिकरको सो कारको मूल्य २६ हजार ६ सय युएस डलर हुनेछ । यसमा ६६ किलोवाट आवरको ब्याट्री हुनेछ भने ४२८ एचपी पावर जेनेरेट गर्छ । चीन बाहेक आगामी दिनमा यो युरोपेली बजारमा समेत उपलब्ध हुनेछ ।

जिलीको ईभी ब्रान्डको रुपमा जिकर रहेको छ । यसले यो भन्दा पहिले जिकर ००१ सेडान र जिकर ००९ एमपीभी बजारमा उपलब्ध गराइसकेको छ । यी सबै एसईए आर्किटेक्चरमा बनेका छन् ।

स्पोर्टी इलेक्ट्रिक कारको पहिचान कायम गर्ने जिकर एक्समा रियर प्राइभेसी ग्लास, फ्रेमलेस डोर, फ्रेमलेस रियरभ्यु मिरर र स्लिक डोर ह्यान्डल छन् । यसको इन्टेरियरमा ८.८ इन्च फुल एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल र १४.६ इन्चको इलेक्ट्रिक स्लाइडिङ स्मार्ट स्क्रिन छ ।

यसमा थप फिचरको रुपमा मोबाइलका लागि ५० वाट वायरलेस फास्ट चार्जिङ समेत छ । यसमा १४.६ इन्चको फ्लोटिङ मेन स्क्रिन छ भने स्टेयरिङ ह्विलको पछाडि गियर सिफ्टर छ ।

जिकर एक्स २०० किलोवाट रियर मोटर र ३१५ किलोवाट गरी दुई मोटर अप्सनमा उपलब्ध हुनेछ । यसमा ६६ किलोवाट आवरको एनएमसी ब्याट्री छ । यसमा रहेको रियर ह्विल ड्राइभ मोडलले ५६० किलोमिटर र फोर ह्विल ड्राइभ मोडलले ५१२ किलोमिटरको रेन्ज दिन्छ ।

यो गाडीमा ५ क्यामेरा, ५ मिलिमिटर–वेभ राडार र १२ अल्ट्रा सोनिक राडार छन् । यसबाट जेडएडी ड्राइभिङ असिस्टेन्स सिस्टम बनेको छ । यसबाट स्ट्रेट–आउट पार्किङ सहित १० इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स फङसन हुन्छ ।

बजारमा उपलब्ध भए पश्चात यसले हाल विश्व बजारमा लोकप्रिय टेस्लाका इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु