अनलाइन लोकदोहोरी प्रतियोगीताको प्रारम्भिक नतिजा सार्वजनिक

२०८०, २३ बैशाख शनिबार २१:४७

बिन्दु पंथी, टोकियो ।  गोर्खालीभ्वाइस द्वारा संचालन रहेको नेपाल र नेपालीको पहिलो अनलाइन दोहोरी प्रतियोगीता सिजन २ को अडिसन राउण्डको नतिजा आज सार्वजनिक भयो । प्रतियोगिताका जुरी निर्णायक रमेस विजीले सार्वजनिक गर्नुभयो ।

गएको बैशाख १ गते नयाँबर्षको दिनबाट औपचारिक सुरुवात भएको थियो । प्रतियोगिता कार्यक्रमको उद्घाटन नेपाल सरकारका पर्यटक तथा संस्कृति मन्त्री श्री सुदन किरातिले गर्नुभएको थियो । गएको बर्ष देखि विश्वमा रहेका नेपाली समुदायलाई लक्षित गरि प्रतियोगिताको पहिलो सिजन आयोजना गरिएको थियो । समाजमा    लुकेका गायन प्रतिभालाई आफ्नै मोबाइलबाट अनलाइन मार्फत प्रस्तुत गर्ने अभिप्रायले विश्वमा गरिने विरलै कार्यक्रम मध्यको एक रहेको छ ।

सिजन २ को अडिसन राउण्डमा दर्ता गराएका सहभागी ४१ जोडी प्रतियोगी कलाकारहरु मध्येबाट १९ जना पुरुष र १९ जना महिला कलाकारहरु छनोट गरिएको निर्णायकहरुले बताउनुभयो ।

कार्यक्रममा शुभकामना दिदै सास्कृतिक विभाग प्रमुख हेमन्त खरालले नेपाली कला संस्कृतिलाई विशेष संरक्षण गर्न सहयोग पुर्‍याउने र विश्वमा रहेका कला गलालाई मुलधारमा ल्याउने यो नेपाल र नेपालीको पहिलो अनलाइन दोहोरी प्रतियोगिता रहेको बताउनुभयो ।

कायक्रमको सबैभन्दा रोचक पक्ष कलाकारहरु अडिसनमा प्रस्तुत हुदा कुनै गाडीमा ड्राइभिङ्ग गरिरहेको, बैदेशिक रोजगारीमा काम गरिरहेको, शारीरिक अशक्तता रहेकाले अरुको सहारा लिएर उत्साह पुर्बक सहभागीता जनाएकाले आयोजक र निर्णायकलाई हौसला मिलेको कार्यक्रम निर्देशक संजय पौड्यालले बताउनुभयो ।  जसका कारण कार्यकमलाई धेरै एपिसोड सम्म लैजान प्रेरणा मिलेको पौड्यालको भनाइ रहेको छ ।

कार्यक्रममा निर्णायकको भुमिकामा लोक पारखि चिरपरिचित गायकहरु रामचन्द्र चन्द, शुर्य खड्का र सर्मिला गुरुङ्ग रहेनु भएको छ । बिशेष जुरी निर्णायकको भुमिकामा लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजी र कार्यक्रमको सल्लाहाकारका रुपमा चिरपरिचित लोक पारखि सरस्वती पुत्रको उपाधी समेत प्राप्त गरेका नारायण रायमाझी रहेनुभएको छ ।

कमल पंथीलेको संयोजनमा कार्यक्रम निर्माता विश्वास आर्चायले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

Comments

ताजा खबर