मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

२०८०, २२ बैशाख शुक्रबार २१:१४

पाल्पा । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुने निस्दी – ३, खाँदर, पाल्पा बस्ने ५४ वर्षकी उमावती गाहाको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार साँझ साढे ४ बजेतिर मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी गाहाको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले उल्लेख गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु