प्रकाश न्यौपाने, पाल्पा ।
सर्वत्र शुक्ल पुप्पाणि प्रशस्तानी सदार्चने
दानकाले च सर्वत्र मन्त्र मते मुदिरयते् !!
बिक्रम सम्बत २०८० साल बैशाख ९ गते शनिबार बिहान ८/३६ देखि १० गते आइतबारको दिन बिहान ८/३८ सम्म उदय तृतीया तिथि रोहणि नक्षत्र । अक्षय तृतीय बैशाख मासको शुक्लपक्षको तृतीया तिथिलाई भनिन्छ । आजकोदिन गङ्गा वा तलाउ गइ स्नानगरि दान , होम जप तपको फल अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भएकोले बैशाख शुक्लपक्षको तृतीयाको दिनलाई अक्षय तृतीय भनीएको हो । यसदिन गरिएको दान धर्मबाट कहिल्यै अक्षय अर्थात नाश नहुने फल प्राप्त वा पुन्य प्राप्त हुन्छ यस तिथिलाई दान धर्मको अलि अचुक काल मानीएको छ । त्यसकारण यसलाइ चिरञ्जीवी तिथि पनि भनिन्छ किनभने यसैदिन अाठ चिरञ्जीवी मध्ये एक भगवान जमदग्नि र रेणुकाको सुपुत्रका रूपमा परशुरामको जन्म भएको थियो त्यसकारण परशुराम जयन्ती भन्ने चलन रहेको हो ।
भबिस्यपुराणमा उल्लेख अनुसार आजको दिन गरिएको दान अक्षय हुनि भनी ब्याख्या गरिएको छ विशेष गर्मीमा पसिना धेरै आएर शरीर शिथिलता हुनि भएकोले शरीरमा चिनिको मात्र सन्तुलन राख्न सक्खर सर्वत्र अन्न जौको सातुको प्रयोगलाई अक्षय तृतीया पर्बले जोड दिएको छ । यसपर्बमा कुलपुरोहित ब्राह्मणलाई पुजागरि बस्त्र विभिन्न परिकार ,खाध परिकार दक्षिणा दिएर आफू र आफ्नो परिवारको जीवन शितलताको कामना गर्दै जौ ,चनाको सातु र सर्वत खायर यो पर्व समापन गर्ने चलन पनि छ ।
विशेष यसदिन सुन किन्ने चलन निकै रहेको छ ।( बिहान ८/३८ भित्र उत्तम )
मत्यस्यपुराण उल्लेख अनुसार आजको दिन भगवान शिव को पार्बतीमाताको बिबाह भएको दिन भएकोले कुनै पनि शुभ कार्य घर बास , बच्चाहरुको अन्नप्रासन बिबाह लगायत माङ्गलिक कार्य को लागि साइत हेर्न नपर्ने मान्यता छ साथै लक्ष्मीनारायण पुजा गर्ने चलन पनि छ यस अबसरमा निराहर व्रत बसि बिष्णुलाई अक्षताले पुजागरी राजसुर्य यज्ञको फल प्राप्त हुने हुनाले कुनै पनि शुभ कार्य गर्न राम्रो हुनि कुराको बर्णन गरिएको छ।
चारयुगहरुमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथि बाट भएको हो त्यसैले यसैदिन चार धाम मध्य एक श्री बद्रीनारायणको ढाेका खुल्छ्न । वेदब्यासले यसैदिन महाभारतको रचना गरेका थिए भन्ने विभिन्न पुराणमा उल्लेख छ ।।
कालीगण्डकी ज्योतिष तथा बास्तु सेवा केन्द्र, पाल्पाका संचालक हुनुहुन्छ ।