पत्रकार पारस तिम्सिनाको उपचारका क्रममा निधन

२०७९, २७ चैत्र सोमबार २१:०१

झापा । बिर्तामोड ३ निवासी पत्रकार पारस तिम्सिनाको निधन भएको छ ।

बिर्तामोड ३ निवासी ३९ वर्षिय तिम्सिनाको उपचारका क्रममा आज दिउँसो बिर्तासिटी हस्पिटलमा निधन भएको हो । टाउकोमा व्लड जमेपछि उनलाई आज बिहान उपचारको लागि हस्पिटल भर्ना गरिएको थियो ।

उपचार गरेर घर लगिएको र फेरि उपचारका लागि अस्पताल पुर्याउनासाथ उनको निधन भएको छिमेकी बसन्त ढकालले बताए ।

यामनाथ तिम्सिनाका जेठा छोरा पारसको कन्काई माईमा अन्त्येष्टि गरियो। विगतमा विभिन्न संचारमाध्यममा कार्यरत तिम्सिनाले पछिल्लो समय लेखापढी पेशा गर्ने गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु