मलखादमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

२०७९, ३० फाल्गुन मंगलवार २१:२८

झापा, ३० फागुन । अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी झापाले मलखादमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । महासंघका जिल्ला अध्यक्ष विमल निरौलाले मंगलबार विज्ञप्ति जारी गर्दै मलखादमा भएको मूल्य वृद्धि तत्काल खारेजीको माग गर्दै अनुगमनलाई प्रभावकारी बनाउन तथा भारतबाट भित्रिँदै गरेका विषादीयुक्त र गुणस्तरहीन कृषि उपजको प्रवेशमा रोक लगाउन माग गरेको हुन् ।

‘एकातर्फ कृषि उत्पादनमा महँगी बढिरहेको छ, अर्कोतर्फ उत्पादित कृषि बस्तु लागत बढी भएका कारण उचित बजार मूल्य पाउन सकेको छैन । कृषकले कृषि पेशशामा रहेर जीवन निर्वाह गर्न सक्ने सम्भावना अत्यन्तै कमजोर तथा जटिल बन्दै गएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु