राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ

२०७९, २९ फाल्गुन सोमबार २१:२६

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन्। उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका छन्। उनलाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ गराएका हुन्।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

Comments

ताजा खबर