सबैले विद्युतीय सवारीसाधन प्रयोग गरौँ : कुलमान घिसिङ

२०७९, २९ फाल्गुन सोमबार २१:२१

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन्।

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोहीअनुरुप विद्युतीय सवारीसाधनहरु आइरहेका बताए।

उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनहरुभन्दा विद्युतबाट चल्ने सवारीसाधन कयौँ गुणा सस्तो पर्ने दाबी गरे।

त्यस्तै, विद्युतिय सवारीसाधनको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारीसाधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए। वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारीसाधन नै उपयुक्त भएको उनको भनाइ छ। उनले भने, ‘विद्युतीय सवारीसाधन चल्दाखेरी त्यो प्रदूषण पनि हट्छ।

वातावरणको हिसाबले, स्वास्थ्य सुरक्षाको हिसाबले उपयुक्त सवारीसाधन भनेको विद्युतीय सवारीसाधन नै हो। यसले नेपाललाई क्लिन इनर्जी, कार्बन न्यूट्रलतिर लानलाई ठूलो सहयोग गर्नेछ। आगामी दिनमा सबैले विद्युतिय सवारीसाधन प्रयोग गरौँ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु