राष्ट्रपति चयनका लागि मतदान सुरू मतदान कार्य जारी (फोटो-फिचर)

२०७९, २५ फाल्गुन बिहीबार ११:२६

काठमाडौँ – नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा यतिबेला मुलुकको नयाँ राष्ट्रपति चयनका लागि मतदान कार्य जारी रहेको छ।

बिहान करिब १० बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ३ बजेसम्म रहनेछ। निर्वाचन आयोगका अनुसार मतदान कार्य सकिएसँगै यसको गणका कार्यमा लागिनेछ।

राष्ट्रपतिका लागि सत्ता गठबन्धनका तर्फबाट रामचन्द्र प‍ौडेल उम्मेदवार छन् भने एमालेका तर्फबाट पूर्वसभामुखसमेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेमवाङ उम्मेदवार छन्।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्। पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।

राष्ट्रपतिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तटस्थ रहने (कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने) निर्णय गरेको छ भने यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कसलाई दिने या तटस्ठ रहने भन्नेबारे अन्योलमा छ। यतिबेला राचन्द्रसहित केही शीर्ष नेताहरूले मतदान गरिसकेका छन्।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु