समाजवादीको उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री माग

२०७९, १७ फाल्गुन बुधबार २१:५४

काठमाडौँ – एकीकृत समाजवादीले उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग अघि सारेको छ।

एमाले माओवादीको गठबन्धन भत्केपछि सरकारमा जाने तयारीमा रहेको समाजवादीले आफ्नातर्फबाट सरकारमा चार जना सहभागी हुनुपर्ने बटम लाइन बनाउने भएको हो। पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको र त्यसका लागि पार्टीबाट चार जना सहभागी हुनुपर्ने विषयका कुराकानी भएको हो।

सरकारमा को को पठाउने भन्नेबारे छलफल भइरहेको नेता किसान श्रेष्ठले जानकारी दिए। समाजवादीको प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा आठ जना सांसद छन्।

दिउँसो १ः३० बजेदेखि जारी सरकारमा सहभागितासहित रास्ट्रपतिबारे पनि छलफल भएको छ।

बैठकमा अध्यक्ष माधव नेपालले मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीसँग भएको कुराकानी  ब्रिफिङ गरेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु