राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गर्दै नेपाललाई ओलीको पत्र

२०७९, १३ फाल्गुन शनिबार १९:४३

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीसँग आग्रह गरेका छन्।

शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै अध्यक्ष ओलीले राष्ट्रपतिमा नेम्वाङलाई समर्थन गर्न आग्रह गरेका हुन्।

‘राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मनदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध छ,’ ओलीले पठाएको पत्रमा उल्लेख छ।

Comments

ताजा खबर