आकाशमै एयर होस्टेसलाई ‘दुर्व्यवहार’ गरेको भन्दै दुई पाइलटलाई निलम्बन

२०७९, १२ फाल्गुन शुक्रबार २२:१४

काठमाडौँ- क्वालालाम्पुरबाट काठमाडौँ आइरहेको नेपाल वायुसेवा निगमको उडान अवधिभर ‘एयर होस्टेस’लाई ककपिटमा ल्याएर आफूसँग राख्ने दुई पाइलटलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिनका लागि निलम्बन गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १२ साउन २०७९ का दिन मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानिको उडान संख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको आरोप लागेको छ ।

उक्त उडानका क्याप्टेन र को–पाइलटले एयर होस्टेसलाई ककपिटमा बोलाएर उडान अवधिभर सँगै राखेको उजुरी अन्य एयर होस्टेसले दिएको बुझिएको छ।

सोही उजुरीका आधारमा ती दुई पाइलटलाई प्राधिकरणले निलम्बन गरेको हो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु