ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शुक्रबार भेट गरे

२०७९, ५ फाल्गुन शुक्रबार २१:०८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शुक्रबार भेट गरेका छन्।

ओली निवास बालकोटमा अध्यक्ष ओली र राजदूत चेनबीच शुक्रबार साँझ भेट भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालसँग अध्यक्ष ओलीको भेट भएको केहीबेरमै राजदूत चेन बालकोट पुगेका हुन्।

प्रधानमन्त्री दाहाल र ओलीबीच शुक्रबार बालकोटमै २ घन्टाभन्दा लामो भेटवार्ता भएको हो जहाँ उनीहरुबीच मुख्यतया: अब चुनिने राष्ट्रपतिबारे छलफल भएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु