पर्साको ओरिया खोलामा हराएको दुई सीमास्तम्भ भेटियो

२०७९, २५ माघ बुधबार २०:१६

वीरगञ्ज – पर्सा जगरनाथपुर गाउँपालिका स्थित ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटिएको छ। जगरनाथपुर गाउँपालिका–१ स्थित ओरिया खोलाबाट हराइरहेको दुई वटा सीमास्तम्भ भेटिएको हो।

जगरनाथपुर गाउँपालिका स्थित ओरिया खोलामा हराएको सीमास्तम्भ ४२२ र ४२२/१ भेटिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले जानकारी दिए।
खोलामा बाढी आउँदा हराइरहेको सीमास्तम्भ भारतीय पक्षले खोलाबाट बालुवा निकाल्दा भेटिएको यादवले बताए। खोलामा बाढी आउँदा सीमास्तम्भ हराएका थिए।

‘खोलाबाट भारतीय पक्षले बालुवा निकाल्ने क्रममा सीमास्तम्भ भेटिएको हो,’ उनले भने। उनका अनुसार अझै सीमास्तम्भ खेलाभित्रै हराइरहेको अवस्थामा छ।

नेपाल भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा ओरिया खोला पर्ने भन्दै गाउँपालिकाले उक्त खोलाको ठेक्का भने नलगाउने गरे पनि भारतले भने खोलाको ठेक्का लगाएर गिट्टी–बालुवा निकाल्ने गरेको यादवको भनाइ छ।

सीमास्तम्भ भेटिएपछि प्र्रमुख अधिकारी हीरालाल रेग्मी, पर्साका प्रहरी प्रमुख कोमल साह, सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियासहितको टोलीलाई बोलाएर सीमास्तम्भको अनुगमन गरेको उनले बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु