ओलीले रवि लाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर

२०७९, १९ माघ बिहीबार १३:२९

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने जिकिर गरेका छन्।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहमन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने बताएका हुन्।

सरकार गठनकाे बेला रास्वपाकाे भागमा परेकाे उपप्रधान तथा गृहमन्त्रालय उसैलाई दिनुपर्ने जनाउँदै उनले यस्ताे बताएका हुन्।
‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो। अदालतको पूर्णपाठ किन चाहियो?’, उनले भने। प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो?’

राष्ट्रपति निर्वाचनको सन्दर्भमा सोधिएको एक जिज्ञासामा ओलीले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार हुन्छु भन्नु अनौठो कुरा नभएको तर उसले राजनीतिक संस्कार नराखेको टिप्पणी गरेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु