गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल लाई

२०७९, १४ माघ शनिबार २१:०७

काठमाडौँ – गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन्। गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने भएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो।

उनको नागरिकता विवादमा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले लामिछाने सांसद बन्न अयोग्य भएको फैसला सुनाएको हो। सर्वोच्चको फैसलासँगै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु