अस्पतालले आचार्यको उपचारमा लागेको सबै खर्च बेहोर्ने ।

२०७९, ११ माघ बुधबार १४:२८

काठमाडौं । कीर्तिपुर अस्पतालले इलामको सूर्योदय नगरपालिकाका प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सबै खर्च बेहोर्ने भएको छ ।

 

अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गरि मृतकका परिवारको राहत स्वरूप आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च छुट दिने जनाएको छ । ४० वर्षीय आचार्यको हिजो ३ बजेबाट सो अस्पतालको आकस्मिक विभागमा उपचार भएको थियो । आचार्यको आज बिहान ६ बजे उपचारकै क्रममा निधन भएको छ।आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए ।  आफैलाई पेट्रोल छर्किएका आचार्यलाई ८० प्रतिशत भन्दा बढी जलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।  

 

No description available.

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु