अन्तर्राष्ट्रिय उडानका पाँच पाइलट निर्देशन पालना नगरेको कसुरमा निलम्बित

२०७९, ९ माघ सोमबार २०:४१

काठमाडौँ – नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। उनीहरुलाई एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार काठमाडौँबाट हङकङ उडानको जहाजका तीन जना र काठमाडौँबाट जापान उडानको जहाजमा रहेका दुई जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिइएको हो। हङकङ उडेको जहाजका पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई एटीसीको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न भनिएको हो।

जापान उडेको जहाजमा रहेका वाईपी ज्वार्चन र प्रशन्न रानालाई पनि सोही कसुरमा निलम्बनको निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
काठमाडौँबाट ती गन्तव्यमा उडान गर्ने क्रममा पाइलटहरुले एटीसीको निर्देशन पालना नगरेको देखिएको छ।

प्राधिकरणका अनुसार यी दुवै उडान शुक्रबारका थिए। यी दुवै उडानमा एटीसीको निर्देशन के थियो भन्ने प्राधिकरणले खुलाएको छैन।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु