झापामा विकासको युग सुरु भयोः उर्जामन्त्री लिङ्देन

२०७९, ८ माघ आईतवार २१:२०

बनियानी – उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका हुन्।

२८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले झापा क्षेत्र नं ३ को विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ,’ उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका उनले भने, ‘चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु।’ रासस

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु