बस्ती जोगाउन पाइलटले सेतिखोच तर्फ सोझाएका थिए

२०७९, १ माघ आईतवार १५:४३

काठमाडौं : यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटना भयो । चालकदलसहित ७२ यात्रु लिएर त्रिभुवन विमानस्थलबाट छुटेको विमान पोखरा विमानस्थलमा अवतरण हुन नसक्दा दुर्घटना भएको थियो ।

आइतबार बिहान १०ः२५ मा यती एयरलाइन्सको नाइन एन ए एनसी एटीआरको विमान ४ चालक दलसहित ६८ यात्रु लिएर उड्यो पोखरातिर, माघे संक्रान्तिको दिन आइतबार बिहानको समय, यात्रुहरु पोखरा पुग्ने अभिलाषामा थिए, जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

विमान पनि निर्धारित समयमै पोखरा पुगेको थियो, जब विमान अवतरण गर्ने तरखर गर्दै थियो, तब विमान भने एकाएक अनियन्त्रित हुँदै गयो ।

पोखरा विमानस्थलमा अवतरण हुनुपर्ने यो विमान अनियन्त्रित हुँदै सेती नदीको खोँचमा बजारियो । प्रत्यक्षदर्शीहरुले बताए अनुसार विमान हेर्दा हेर्दै उल्टोपाल्टो भएर हल्लियो । खस्ने बेलमा विमान पुरै उल्टो भयो र एकैचोटी भुईंमा बजारियो र ठूलो आवाज आयो ।

विमान दुर्घटना भएको १२ मिनेटपछि बल्ल दमकल पुगेको थियो, दुघर्टनास्थल । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि उडेको यो जहाज बिहान १०ः५१ मा दुर्घटना भयो, यो सामग्री तयार पार्दासम्म ३२ जनाको उक्त दुघर्टनामा मृत्यु भएको छ। दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका रहेका थिए ।

दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरे । तर, चालकदलले विमानलाई नियन्त्रणमा लिन सकेनन्, अन्ततः विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि सेती नदीको खोचमा खस्यो ।

नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो ।

फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको थियो ।

प्रत्यक्षदर्शीहरुले बताए अनुसार विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए, पुरानो विमानस्थल माथि खस्ने थियो’ ‘एक मिनेट मात्रै थप अघि बढेको भएपनि रामघाट बजार माथि जहाज बजारिने थियो ।

चालकले सुरक्षित ठाउँ खोज्दा खोच्दै विमान अनियन्त्रित भएर नदीको खोचमा खस्यो, र धेरेको सपना विमानको धुँवामै विलिन भए, एकाएक मृतकका परिवारमा बज्रपात भयो । एभिन्युजखबरको सहयोगमा ।

Comments

ताजा खबर