पोखरा विमान दुर्घटना अपडेट: २९ जनाकाे शव निकालियो, बाँकी खाेजिकार्य जारी

२०७९, १ माघ आईतवार १४:३०

पोखरा – पोखराको सेती खोँचमा भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलबाट २९ जनाको शव निकालिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार २९ जनाको शव निकालिएको हो। एटिआर-७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ।

९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडेको थियो। फेवाताल ड्यामसाइडबाट मोडिँदै गर्दा सेती खोँचमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

उद्धार जारी छ। विमानस्थल दुर्घटनास्थलमा हजारौँको भीड लागेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु