विश्वासको मत पुर्याउन सत्ता साझेदार दलहरुको बालुवाटारमा बैठक

२०७९, २४ पुष आईतवार १९:११

काठमाडौँ – मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सत्तारुढ दलहरु सक्रिय भएका छन्।

सरकारको पक्षमा बहुमत पुर्याउन सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाको बालुवाटारमा बसेको हो। ती दलहरुबीच शक्ति बाँडफाँडलाई अन्तिम रुप दिँदै विश्वासको मत पाउने अवस्था बनाउन छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु