लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

२०७९, २४ पुष आईतवार १०:३७

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दै छ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारेमा छलफल हुने बताइएको छ। यसका साथै, उक्त बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ।

पार्टीले न्युनतम साझा कार्यक्रम हेरेर मात्र समर्थन गर्ने कि विपक्षमा बस्ने निर्णय गर्ने सो पार्टीले बताउँदै आएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु