आचार्य परिवारद्वारा अक्षय कोषका लागि कालिमाता मन्दिरलाई सहयोग

२०७९, २१ पुष बिहीबार २१:५१

झापा, बिर्तामोड– ९ आदर्श चौक निवासी स्व.शान्ताकुमारी आचार्यको १३ औं दिनको पुण्यतिथिमा परिवारले स्थानीय बिर्तामोड– ९ आदर्श चौक  कालिमाता मठ मन्दिर व्यवस्थापन समितिलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

कालिमाता मठ मन्दिर समितिको अक्षय कोषका लागि आचार्य परिवारले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् ।स्व.शान्ताकुमारी आचार्यको ५६ वर्षको अल्पायुमा पुष ९ गते क्यान्सर रोगबाट निधन भएको थियो । जीवित रहँदा घरनजिकको मन्दिरका लागि केही सहयोग गर्ने उनले इच्छा राखेकी थिइन् । बिर्तामोड– ९ मा रहेका गरिब बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्धेश्यले आफ्नो परिवारका तर्फबाट सो सहयोग गरिएको स्व.शान्ताकुमारीका देवर टैलेन्द्र आचार्यले बताए । आफ्ना दिवंगत दाजु रमेश र भाउजु शान्ताकुमारीको संझनामा अक्षय कोष स्थापनाका लागि सो सहयोग गरिएको उनले जानकारी दिए । स्व.शान्ताकुमारीका श्रीमान् स्व. रमेशको करिब १२ वर्षअघि निधन भएको थियो ।

 

सहयोग रकम स्व.शान्ताकुमारीका सासू आमा भीमाकुमारी आचार्यले कालिमाता मठ मन्दिर समितिका उपाध्यक्ष रविन बुढाथोकीलाई हस्तान्तरण गरिन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्व.शान्ताकुमारीका छोरा प्रकाश आचार्य, बुहारी सरिता आचार्य, छोरीहरु अस्मिता आचार्य, सुस्मिता आचार्य, जेठाजु शंकर आचार्य,नन्द बिनु आचार्य, मन्दिर समितिका काजी बुढाथोकी ,जगत कटुवाल, जीवन शिवाकोटी , गणेश उप्रेती ,मोहन पौड्याल, संजय पौड्याल, पुष्पराज आचार्य, टंक आचार्य, रोशन पौड्याल,पुण्य सुवेदी, इन्द्र सिंह राजवंशी,कुमार कटवाल, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्दिर समितिका तर्फबाट काजी बुढाथोकीले अल्पायुमै छिमेकी स्व.शान्ताकुमारीलाई गुमाउनु पर्दा सिंगो गाउँ समाज दुःखित बनेको बताए । उनले दिवंगतआत्माप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्राप्त सहयोगलाई सही सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

कालिमाता मठ मन्दिर अध्यक्ष युवराज रोक्काले मन्दिर समितिले सामाजिक रुपान्तरणको अभियानमा धार्मिक र सामाजिक गतिविधि गर्दै आएको बताए । जसमा बिर्तामोड– ९ आदर्श चोकमा सार्वजनिक धारा निर्माण गरी पिउने पानी सेवा संचालन, साथै सडक बत्ती व्यवस्थापन गर्दै आएको उनले बताए । यसैगरी सार्वजनिक स्थलमा सूचना पाटी तथा डस्बीन राखिएको बताए । विगतमा दुर्गा माध्यमिक विद्यालय गरामनीलाई एक विगाह जग्गा दान दिएर हाल बिचल्लीमा रहेका स्व. उजारु राजवंशीको घर निर्माणको लागि २० बोरा सिमेन्ट सहयोग गर्ने निर्णय गरिएको रोक्काले जानकारी दिए । साथै छिट्टै आगामी दिनमा क्यान्सर रोगसम्बन्धी जनचेतनामुलक तथा प्रारम्भिक परीक्षण कार्यक्रम आयोजना गर्ने योजना समेत रहेको उनको भनाई छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु