सिस्टममा समस्या भन्दै राहदानी वितरण अनिश्चितकालका लागि बन्द

२०७९, १९ पुष मंगलवार २०:४३

काठमाडौं- राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ। सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले बताएका छन्।

उनका अनुसार विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्नेछ।

अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ । यसअघि राहदानी विभागले राहदानी आवेदनका लागि गरिने अनलाइन बुकिङबारे हास्यास्पद सूचना जारी गरेको थियो।

विभागले बिहान ११ बजे दिँदै आएको राहदानी आवेदनको अनलाइन बुकिङको समय दिउँसो ३:३० बजे बनाएको जानकारी उक्त सूचनामा दिएको थियो।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु