काठमाडाैँ महानगरले भत्कायाे धाेबीखाेला किनार संरचना

२०७९, ६ पुष बुधबार १४:५६

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ।

बुधबार काठमाडौँ महानगरपालिकाले सो क्षेत्रमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो। महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूको भागाभाग भएको थियो। महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ।

डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरूले सामान ओसार्न थालेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु