अहिले नै वामपन्थी सरकारको सम्भावना छैनः माधव नेपाल

२०७९, ४ पुष सोमबार १६:२४

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन्।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा आज आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए। उनले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए।

कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देश, जनता र समाजको रुपान्तरण गर्ने सङ्कल्पसहित नवनिर्वाचित जनप्रतिनिधिलाई भूमिका निर्वाह गर्न निर्देशन दिए। नीति र कार्यक्रमका आधारमा सरकार बनाउनुपर्ने भन्दै उनले पार्टीका तर्फबाट निर्वाचित कुनै पनि तहका जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएमा कारबाही गरिने प्रष्ट पारे।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु