बुद्धशान्तिमा आगलागी हुँदा करिव ४ करोडको क्षति

२०७९, २३ मंसिर शुक्रबार २०:५७

झापा । झापाको बुद्धशान्ति गाउँपालिका –१ पुल चौकमा भएको आगलागीबाट करिव ४ करोडबराबरको क्षति भएको छ ।

सोही ठाउँ बस्ने नारायण कडरियाको हार्डवेयर पसलमा आगलागी हुँदा त्यति धेरै क्षति भएको हो । हिजो साँझ ७.२५ बजे कडरियाको हार्डवेयर पसलमा अचानक आगलागी भएको भन्ने खबर ईलाका प्रहरी कार्यालय बुधबारेमा प्राप्त हुनासाथ ईप्रका बुधबारे,ईप्रका धुलाबारीबाट प्रहरी टोली खटिगएको र उक्त आगो प्रहरी ,मेचीनगर ,बिर्तामोड र भद्रपुर नगरपालिका समेतको दमकल र स्थानीयबासीहरुको सहयोगमा राति ९.३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त पाठकले बताए ।

पीडितले दिएको निवेदन अनुसार आगलागीबाट घर आंशिक क्षति भई हार्डवेयर पसलभित्र रहेका विभिन्न किसिमका सामानहरु पूर्णरुपमा जलेर नष्ट हुँदा तीन करोड उनान्सय लाख साठी हजारबराबरको क्षति भएको पाठकले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु