फिफा विश्वकप: आज दुई खेल नकआउट चरणमा हुँदै

२०७९, १९ मंसिर सोमबार १२:३७

कतारमा जारी फिफा विश्वकप २०२२ मा साेमबार प्रि-क्वाटरफाइनल अन्तर्गत २ खेल हुँदैछन् ।

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ। अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ।

आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन्। जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिष्पर्धा हुनेछ। स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।

दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्। ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हाे।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु