ज्यापु दिवसको स्वागतमा सुकुन्दा र्‍याली

२०७९, १७ मंसिर शनिबार २१:५६

काठमाडौँ – काठमाडौँको लगन टोलमा सुकुन्दा र्‍याली निकालिएको छ। ११४३ औँ ज्यापु दिवसको स्वागतका लागि शनिबार साँझ उक्त र्‍याली निकालिएको हो।

ज्यापु दिवसको स्वागतका लागि एक हप्ताअघि सुकुन्दा र्‍याली निकालिएको हो। र्‍यालीमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी भएकी थिइन्।

आगामी बिहीबार (मंसिर २२ गते) ज्यापु दिवस मनाइँदैछ। योमरी पुन्हीको दिन यो दिवस मनाउने गरिएको छ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु