स्याङ्जामा धनराजको अग्रता कायमै

२०७९, १७ मंसिर शनिबार ०७:११

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ। पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका छन्।

उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पारेका छन्। काँग्रेसका गुरुङले २२ हजार ४८० मत पाएका छन् भने एमालेकी अर्यालको २० हजार २६७  मत पाइन्। यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार २३८ मत पाएका छन्।

यसैबीच स्याङ्जा २ को (ख) तर्फ पनि नेपाली कांग्रेसका महेश भट्टराई अग्रता लिएका छन्। सुरुबाट नै अग्रता लिईरहनु भएका एमालेका बुद्धिमान श्रेष्ठलाई शनिबार बिहान १४२ मतले पछि पार्दै भट्टराईले अग्रता बनाएका हुन्। भट्टराईले  १० हजार २६१ मत पाएका छन् भने श्रेष्ठले १० हजार ११९ मत पाएका छन्।

अब गणना गर्न गल्याङ ११ र चापाकोटका १० वटा वडा रहेको छ। स्याङ्जा २ मा १ लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो। अहिले सम्म प्रतिनिधि सभा तर्फ ३९ हजार ६१२ मत गणना भइसकेको छ ।

प्रदेश (क) को भने गणना सम्पन्न भइसकेको छ। जसमा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु